ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालको तेस्रो साधरण सभाको अवसर पारेर शुक्रबार पोखरामा ग्रिन हाईड्र««ोजनको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टको सभाहलमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा काठमाण्डौँ बिश्वबिद्यालयका सह प्रध्यापक डा. बिराजसिंह थापाले नेपालमा ग्रिन हाईड्र««ोजन सम्बन्धमा हाल भैरहेका गतिबिधि तथा ग्रिन हाईड्र««ोजनलाई नेपालमा स्थापित गर्न देखिएका चुनौति र भविस्यमा यसको सम्भावनाका बिषयमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । डा. थापाले ग्रिन हाईड्र««ोजन लाई उर्जा वाहकका रुपमा प्रयोग गर्दाका फाईदा कारण यसको उत्पादनमा बिश्वका बिकसित देशहरु आक्रमक रुपमा लागेको तथ्याङ प्रस्तुत गर्नु भएको थियो । नेपालमा ग्रिन हाईड्र««ोजनलाई उद्योग, उर्जा, यातायात, कृर्षी .लगाएतका क्षेत्रमा सहजै प्रयोग गर्न सकिने हुदा यसको बिकासमा आवश्यक निति निर्माण गरि संस्थागत रुपमै लाग्नुपर्नेमा जोड दिनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरणका प्रतिनिधिका रुपमा आमन्त्रित अतिथि निर्देशक टेक नाथ तिवारीले नेपालको निकट भविष्यमा उर्जा अधिशेष हुन सक्ने भएकोले ग्रिन हाईड्र««ोजनका बिबिध फाईदाका कारण यसको उत्पादन पनि देशमै बिद्युत खपत बढाउने एक उत्तम बिकल्प हुन सक्ने बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशकले डा. लक्ष्मण प्रसाद घिमिरेले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आगामी समयमा यस्ता नबिकरणिय उर्जालाई समेटि अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रमका सभापति तथा ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालका अध्यक्ष ई. राजेन्द्र ढकालले ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालले ग्रिन हाईड्र««ोजनका बारेमा जानकारी लिने तथा सम्बन्धीत सबै सरोकारवाला लाई भेला गराई अन्तरक्रिया गर्दा यसको प्रोत्साहनमा समेत टेवा पुग्ने बताउनु भयो । बिगतका कार्यक्रमहरुको स्मरण गराई ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालले यस्तै क्षेत्रगत नयाँ नयाँ प्रबिधि तथा सुचना आदान प्रदान गर्दै आईरहेको समेत अवगत गराउनु भयो । ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपाल एक बिशुद्ध गैर राजनैतिक, गैर नाफामुलक संस्था भएकोले सम्पुर्ण इक्ष्छुक ईलेक्ट्रिकल ईन्जिनियरहरुलाई सदस्य बन्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा बिभिन्न निकायमा कार्यरत ईलेक्ट्रिकल ईन्जिनियरहरु तथा उर्जा उद्योग सँग सम्बधित झण्डै सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको उध्घोषण तथा सहजिकरण गर्दै ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालका सचिव ई. बिनोद शर्माले एशोसिएसनका हाल सम्मका गतिबिधिका बारेमा जानकारी दिन “यो यात्रा, यहाँ सम्मको” प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष ई. शिव नारायण गोशलीले स्वागत मन्तब्य तथा नेपाल बिद्युत प्रधिकरण, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख निर्देशक कमल आचार्य र नेपाल ईन्जिनियर्स एशोसिएसनका केन्द्रीय सदस्य याम कृष्ण पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


